१८ भाद्र / काठमाडौं –कारोना कहरका कारण देशभर रगतको अभाव हुन थालेपछि गोकर्णेश्वर नगरपालिका स्वयम् सेवक परिचालन समिति र विभिन्न संघ सस्थाको संयुक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम गर्ने भएको छ ।
कोरोना कहरका कारण काठमाडौं उपत्यकासहित देशभर रगतको आपुर्तिमा कमि आएको भन्दै गोकर्णेश्वर नगरपालिका स्वयम् सेवक परिचालन समिति र जोरपाटी यूवा क्लब , गैरीगाँउ यूवा क्लबको सहकार्यमा भोली (शुक्रबार) रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
क्लबहरुले गोकर्णेश्वरको जोरपाटी चोकमा रक्तदान कार्यक्रम गर्न लागको गोकर्णेश्वर नगरपालिका स्वयंसेवक समितिका संयोजक दीपक लामाले जनकारी दिनु भएको हो । भोली(शुक्रबार) आयोजित कार्यक्रम बिहान ८ बजे प्रारम्भ हुने लामाले जनाएको छ ।