आज: ७ मंसिर २०८१, शुक्रबार | Fri, 22, Nov, 2024

देशभर १६२ कोरोना संक्रमितको अवस्था गम्भीर : आइसियू र भेन्टिलेटरमा कुन प्रदेशमा कति ?

गोकर्णेश्वर खबर१८ भाद्र २०७७, बिहीबार ०६:१७ मा प्रकाशित (४ साल अघि) २९७ पाठक संख्या

काठमाडौं । नेपालमा गम्भीर अवस्थाका कोरोना संक्रमितको संख्या बढेको छ । देशभर १ सय ६२ जना कोरोना संक्रमितको अवस्था गम्भीर अवस्थामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभर १८ जनाको भेन्टिलेटरमा र १ सय ४४ जना कोरोना संक्रमितको आइसियूमा उपचार भइरहेको छ ।

सबैभन्दा धेरै बागमती प्रदेशमा ८१ जना आइसियू र १४ जना भेन्टिलेटरमा छन् । प्रदेश १ मा ७ जना आइसियू र १ जना भेन्टिलेटरमा छन् ।

मन्त्रालयका अनुसार प्रदेश २ मा ३० जना, प्रदेश ५ मा २० जना आइसियूमा र ३ जना भेन्टिलेटरमा र गण्डकी प्रदेशमा ६ जना आइसियूमा छन् । कर्णाली र सुदूरपश्चिममा भने गम्भीर अवस्थाका बिरामी छैनन् ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार १ सय २० जनासहित देशभर संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये २३ हजार २ सय ९० जना उपचारपछि घर फर्किएका छन् भने २ सय ५१ जनाको ज्यान गएको छ ।