कैलाली । आफ्नो घरमा डेरा गरेर बस्ने महिलालाई बलात्कार गरेको आरोपमा घरबेटी पक्राउ परेका छन् । कैलालीको धनगढीका २८ वर्षीय श्रीराम राना आफ्नै घरमा डेरा गरी बस्ने महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।
रानालाई जिल्ला प्रहरी कार्यालयको टोलीले आइतबार घरबाटै पक्राउ गरेको थियो । ज्यालादारी काम गर्ने श्रीमान काममा गएपछि घरबेटी आएर आफूलाई बलात्कार गरेको महिलाले बताएकी छन् ।
निरन्तर कोठामा गएर धम्की दिएर जबरजस्ती करणी गरेपछि ती महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीमा उजुरी दिएको थाहा पाएका राना फरार भएका थिए ।