आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

कोरोनाका कारण एकैदिन ११ जनाको मृत्यु,ज्यान गुमाउनेको संख्या २३९ पुग्यो

गोकर्णेश्वर खबर१६ भाद्र २०७७, मंगलवार १७:३४ मा प्रकाशित (४ साल अघि) २०२ पाठक संख्या

काठमाडौं  – नेपालमा मंगलबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २३९पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि सोमबार (हिजो) ४ वर्षीया बालिकासहित ७ जनाको मृत्यु भएको थियो । जसमा जसमा महोत्तरीकी ४ वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला, रुपन्देहीकी ६८ वर्षीया महिला थिए । त्यसैगरी झापाका ८६ वर्षीय पुरुष, रौतहटका ४० वर्षीय पुरुष, चितवनका ७८ वर्षीय पुरुष र भक्तपुरका ७७ वर्षीय पुरुष रहेका थिए ।