आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

वीर अस्पतालका दुई चिकित्सकमा कोरोना पुष्टि

गोकर्णेश्वर खबर१५ भाद्र २०७७, सोमबार २२:४६ मा प्रकाशित (४ साल अघि) ३०० पाठक संख्या

काठमाडौं – वीर अस्पतालको इमरेन्जी वार्डमा कार्यरत दुईजना चिकित्सकमा कोरोना संक्रमणको पुष्टि भएको छ । इमरजेन्सीमा काम गर्ने दुई जना मेडिकल अफिसरमा कोरोना पोजेटिभ भएको रिपोर्ट सोमबार बिहान आइपुगेको ।

संक्रमण पुष्टि भएपछि दुई चिकित्सक होम आइसोलेसनमा बसेको इमरजेन्सीका कार्यरत एक चिकित्सकले जानकारी दिए । उनले भने, ‘उहाँहरु अहिले घरमै हुनुहुन्छ । हस्पिटलले व्यवस्था गरेपछि मात्र अस्पतालको आइसियुमा आउनुहुन्छ होला ।’

यसअघि पनि इमरजेन्सीकै एक कन्सल्टेन्ट चिकित्सकमा कोरोना संक्रमण भएको थियो । उनी अहिले उपचाररत छन् । वीरकै जेनरल फिजिसियन अर्का संक्रमित डाक्टर त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।