आज: ७ मंसिर २०८१, शुक्रबार | Fri, 22, Nov, 2024

बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना संक्रमण मुक्त

गोकर्णेश्वर खबर१५ भाद्र २०७७, सोमबार २०:४४ मा प्रकाशित (४ साल अघि) २४८ पाठक संख्या

काठमाडौं भाद्र १५। बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना संक्रमणमुक्त भएकी छिन् । उपसभामुख तामाङ र उनका छोरालाई साउन ३२ गते कोरोना भाईरस पोजेटिभ देखिएको थियो।  उपसभामुख तामाङ र छोराको आइतबार साँझ रिपोर्ट नेगेटिभ आएको हो  ।

उपसभामुख तामाङले कोरोना भाईरस संक्रमणबाट जोगिन आग्रह गर्दै लागि हालेमा  चिन्तित नभई साामान्य रुपमा  लिनुपर्ने सुझाव दिएकि छिन  ।  उनले  आत्मबल उच्च राख्नु  पर्ने समेत सुझाब दिदै   कोरोनालाइ परास्त गर्नको लागि आत्मबलको साथै  बढी माया चाहिने  रहेछ तिरस्कार होइन उनले भनिन ।