आज: १३ फाल्गुन २०८१, मंगलवार | Tue, 25, Feb, 2025

देशभर सामान्यतया बदली, केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

गोकर्णेश्वर खबर१५ भाद्र २०७७, सोमबार ०६:२७ मा प्रकाशित (४ साल अघि) ९६८ पाठक संख्या

काठमाडौं । हाल मनसुनी न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको छ ।

यसकासाथै भारतको मध्य प्रदेश तथा आसपासका क्षेत्रमा न्युन चापीय प्रणाली कायमै रहेको छ ।

उक्त प्रणाली विस्तारै पश्चिम हुँदै उत्तरपश्चिम दिशा तर्फ सर्दै जाने देखिन्छ ।

हाल प्रदेश न १, प्रदेश न २ र गण्डकी प्रदेशमा सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का बर्षा भएको छ।

अन्य भु–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १ र प्रदेश २ का एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश न.१, प्रदेश न. २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक, दुर्इ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।