आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

कालिकोटमा पहिरोले एकै परिवारका बाबु र ३ छोराछोरीको मृत्यु, तीन बेपत्ता

गोकर्णेश्वर खबर१४ भाद्र २०७७, आईतवार १५:३७ मा प्रकाशित (४ साल अघि) २५३ पाठक संख्या

सुर्खेत – पहिरोमा परी कालिकोटमा चार जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार तिलागुफा नगरपालिका १ नाग्म गाउँमा आइतबार बिहान गएको पहिरोमा परी चार जनाको मृत्यु भएको हो। पहिरोमा तीन जना बेपत्ता छन्।

स्थानीय पर्याक शाहीको घर पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए।

पहिरोमा ४० वर्षीय पर्याक शाही, उनकी सात वर्षीया छोरी हिमा शाही, पाँच वर्षीय छोरा निराजन शाही र दुई वर्षीय छोरा अक्कल शाहीको मृत्यु भएको हो।

उनीहरूको शव दिउँसो भेटिएको डिएसपी ओलियाले बताए। पहिरोमा परेका मृतक शाहीकी श्रीमती पुण्या शाही र अर्का एक जना अर्जुन हमालको उद्धार गरिएको उनले बताए।

उद्धार गरिएकाहरूको उपचार जुम्लामा भइरहेको छ। बेपत्ता तीन जनाको पहिचान खुल्न नसकेको र खोजी कार्य जारी रहेको डिएसपी ओलियाले जानकारी दिए।