आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

कोटेश्वरमा कार्यरत १९ जना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण पुष्टि

गोकर्णेश्वर खबर१३ भाद्र २०७७, शनिबार १३:२२ मा प्रकाशित (४ साल अघि) ६५२ पाठक संख्या

काठमाडौं । कोटेश्वरमा कार्यरत १९ जना ट्राफिक प्रहरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रवार साँझमात्रै महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत १७ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ । त्यसअघि दुईजनालाई संक्रमण देखिएको थियो ।

ट्राफिक प्रहरी महाशाखाका एक अधिकृतका अनुसर शुरुमा देखिएका दुईजनाको ‘क्लोज कन्ट्याक्ट’मा रहेका ३३ प्रहरीको पीसीआर जाँच गर्दा १७ जनाको कोभिड–१९ पोजेटिभ रिपोर्ट आएको हो ।

संक्रमित ट्राफिकलाई प्रहरी अस्पताल महराजगञ्जको आइसोलेशनमा भर्ना गरिएको छ । रिपोर्ट नेगेटिभ आएका ट्राफिक प्रहरीहरु नियममित ड्युटी गरिरहेका छन् ।