आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

काठमाडौं र भक्तपुरका २ महिलाको कोरोना संक्रमणबाट मृत्यु

गोकर्णेश्वर खबर१३ भाद्र २०७७, शनिबार १२:४९ मा प्रकाशित (४ साल अघि) ३१५ पाठक संख्या

काठमाडौं । काठमाडौं र भक्तपुरमा कोरोना संक्रमणबाट दुईजनाको ज्यान गएको छ । काठमाडौंकी ५१ र भक्तपुरकी ६२ वर्षीया महिलाको मृत्यु भएको हो ।

दुबैजनाको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिए । काठमाडौंकी महिला साउन ३० गते र भक्तपुरकी महिला भदौ ८ गते अस्पतालमा भर्ना भएका थिए ।