आज: ७ बैशाख २०८२, आईतवार | Sun, 20, Apr, 2025

सज्जा चौलागाईं बनिन् नेपाल आइडल-३ की विजेता

गोकर्णेश्वर खबर१२ भाद्र २०७७, शुक्रबार २२:४८ मा प्रकाशित (४ साल अघि) ७०५ पाठक संख्या

नेपाल आइडल सिजन-३ की विजेता सज्जा चौलागाईं भएकी छन्। शुक्रबार राति भएको ग्राण्ड फिनालेबाट मोरङकी सज्जा विजेता घोषणा भएकी हुन्।

दर्शकले दिएको भोटका आधारमा सज्जा विजेता भएको आयोजकले जनाएको छ। सज्जाले ५० लाख रूपैयाँ नगद पुरस्कार पाएकी छन्।

त्यस्तै प्रवीण बेडवाल फर्स्ट रनर अप भएका छन्। उनले १० लाख रूपैयाँ नगद पुरस्कार पाएका छन्।

सेकेन्ड रनर अप भएका किरण कुमार भुजेलले ५ लाख रूपैयाँ पुरस्कार पाएका छन्।