आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

प्लाज्मा थेरापी विधि प्रभावकारी,२० कोरोना संक्रमितको सफल उपचार

गोकर्णेश्वर खबर१२ भाद्र २०७७, शुक्रबार १८:२९ मा प्रकाशित (४ साल अघि) ३२० पाठक संख्या

काठमाडौं – नेपालमा कोरोना संक्रमितको उपचारमा प्लाज्मा थेरापी विधि प्रभावकारी देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले नियमित लाइभ अपडेटमा डा.जागेश्वर गौतमले हालसम्म प्लाज्मा थेरापी विधिबाट २० कोरोना संक्रमितको सफल उपचार भएको जानकारी दिए ।

उनले कोरोना संक्रमितको उपचारका लागि हालसम्म ४२ जनाले प्लाल्जा दान गरेको पनि जानकारी दिए । २० देखि ५९ वर्षका २० जना, बुटबलमा २, धरानमा एक जना लगायत गरी ४२ जनाले प्लाज्मा दान गरेको उनले जानकारी दिए ।