आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

कोरोनाले आज एकै दिन १२ जनाको मृत्यु,मृतकको संख्या १९५ पुग्यो

गोकर्णेश्वर खबर१२ भाद्र २०७७, शुक्रबार १७:४९ मा प्रकाशित (४ साल अघि) २७० पाठक संख्या

काठमाडौं – नेपालमा शुक्रबार थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार आज कोरोनाले ज्यान गुमाउनेहरुमा ४ महिला र ८ पुरुष रहेका छन् ।

जसमा मोरङकी ५६ र ६५ वर्षीया २ महिला, भक्तपुरकी ६४ वर्षीया महिला, मकवानपुरकी ७१ वर्षीया महिला रहेका छन् ।

त्यसैगरी उदयपुरका ५२ वर्षीय पुरुष, पर्साका ७२ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष, सिरहाका ५५ वर्षीय पुरुष, झापाका ८३ वर्षीय पुरुष, चितवनका ५१ वर्षीय पुरुष, कास्कीका ५२ वर्षीय पुरुष र रुपन्देहीका ६० वर्षीय पुरुष रहेका छन् ।