आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

लक्षण नभएका संक्रमितलाई १४ दिनभन्दा बढी अस्पताल राखे त्यसको खर्च सरकारले नव्यहोर्ने

गोकर्णेश्वर खबर१० भाद्र २०७७, बुधबार २३:१० मा प्रकाशित (४ साल अघि) ३४५ पाठक संख्या

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका कोरोना संक्रमतिलाई १४ दिनपछि कोरोना परीक्षण नगरी डिस्चार्ज गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले सबै सामाजिक विकास मन्त्रालय तथा कोरोना विशेष अस्पतालहरुलाई परिपत्र गरेर कोरोनाको लक्षण नदेखिएका संक्रमितलाई १४ दिनपछि डिस्चार्ज गर्न निर्देशन दिएको हो ।

लक्षण बिहीन कोरोना संक्रमितको संक्रमण पुष्टि भएको १० दिन पछि पुनः परीक्षण गरी डिस्चार्ज गर्न आग्रह गरेको छ ।

कोरोना संक्रमण भएको १० दिनपछि कोरोना परीक्षण गरि रिपोर्ट नेगेटिभ आएमा डिस्चार्ज गर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

डा गौतमले १० दिनपछि भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएमा १४ दिन पछि पुनः परीक्षण नगरी डिस्चार्ज गर्न समेत सबै कोरोना विशेष अस्पताललाई निर्देशन दिएका छन् ।

उनले १४ दिन भन्दा बढी समय अस्पतालमा राखेमा त्यसको खर्च सरकारले नव्यहोर्ने बताए ।