आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

आफ्ना नातेदारले सम्बन्धको कुनै दुरुपयोग नगरेको उपप्रधानमन्त्री पोखरेलको दावी

गोकर्णेश्वर खबर१० भाद्र २०७७, बुधबार २३:०५ मा प्रकाशित (४ साल अघि) २८५ पाठक संख्या

काठमाडौं – उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो नाता पर्ने व्यक्तिले सम्बन्धको दुरुपयोग गरी लाभको पद नलिएको दावी गरेका छन् । उनले बुधबार फेसबुकमा एक सूचना राखी आफूसँगको नाता सम्बन्धको आधारमा कानूनी व्यवस्था उलंघन गरी पद प्राप्त गरेको भन्ने विषयमा सत्यता नभएको बताएका हुन् ।

‘मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान क़ानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन । भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन्’ उनले भनेका छन् ।

कहींकतै आफ्नो अबाञ्छित चासो वा हस्तक्षेप प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार बन्ने पनि पोखरेलले बताएका छन् । अर्थ मन्त्रालयले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्यमा पोखरेलका सम्धी उपेन्द्रकुमार कोइरालालाई नियुक्त गरेको थियो ।पोखरेलले सूचनामार्फत यसै विषयमा आफ्नो प्रष्टीकरण दिएका हुन् ।