आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

काठमाडौंको निषेधाज्ञा १७ गतेसम्म लम्बियो : के-के कुरामा लगाइयो प्रतिबन्ध ? (सूचीसहित)

गोकर्णेश्वर खबर१० भाद्र २०७७, बुधबार १३:५२ मा प्रकाशित (४ साल अघि) ७०७ पाठक संख्या

काठमाडौं । काठमाडौंमा जारी लकडाउन थप एकहप्ता लम्बिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखको बैठकले भदौ १७ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको छ ।

ठकमा प्रजिअ, प्रहरी प्रमुख, नगरपालिकाका प्रमुखहरु र जनस्वास्थ्य कार्यालयका प्रमुखको उपस्थिति रहेको थियो । भदौ ३ गतेदेखि लागू भएको निषेधाज्ञा आज रातिदेखि सकिदै थियो ।

बढ्दो कोरोना भाइरसको संक्रमणलाई ध्यान दिदै एक हप्ता निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । बैठकले केही मापदण्डलाई पनि परिमार्जन गरेको छ ।

प्रतिबन्ध गरिएको २० बुँदे आदेश