आज: २५ चैत्र २०८१, मंगलवार | Tue, 08, Apr, 2025

पाटन अस्पतालमा काठमाडौंका एक कोरोना संक्रमितको मृत्यु

गोकर्णेश्वर खबर१० भाद्र २०७७, बुधबार ०७:५१ मा प्रकाशित (४ साल अघि) ४५५ पाठक संख्या

काठमाडौं । कोरोना संक्रमणका कारण गएराति काठमाडौंका एकजनाको मृत्यु भएको छ ।

५४ वर्षीय पुरुषको गए राती ९ः३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका काठमाडौंका ती व्यक्तिमा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो।

अस्पताललाई उदृत गर्दै स्वास्थ्य कार्यालयले आज बिहान उनको मृत्युको पुष्टि गरेको हो।

नेपालमा कोरोना संक्रमणबाट १ सय ६४ जनाको मृत्यु भइसकेको छ।

हिजोमात्र काठमाडौं महानगरपालिका वडा नम्बर २२ का एक व्यक्तिको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो।