आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दुई करोड ३८ लाख नाघ्यो

गोकर्णेश्वर खबर९ भाद्र २०७७, मंगलवार १६:२१ मा प्रकाशित (४ साल अघि) ३८१ पाठक संख्या

जेनेभा, एएफपी । विश्वमा दुई करोड ३८ लाख ३० हजार २ सय ६० जना कोरोना भाइरस संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार जानकारी दिएको छ ।

सो संगठनकाअनुसार मंगलबारसम्म विश्वभरि कोरोना भाइरस संक्रमणबाट आठ लाख १७ हजार ३ सय ६८ जना कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । संक्रमित मध्ये हालसम्म एक करोड ६३ लाख ७२ हजार ९ सय ६२ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६६ लाख ३९ हजार ९ सय ३० व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ६१ हजार ६९४ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५९ लाख १५ हजार ६ सय ३० जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ८१ हजार १ सय १४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ५८ लाख १७ हजार २ सय ४५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ९० हजार ८ सय ३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६९ लाख ९३ हजार ६ सय ३१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ दुई लाख ६० हजार ४ सय २ जनाको मृत्यु भएको छ ।

युरोपमा ३३ लाख ९३ हजार ३ सय ५६ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ५ हजार ७ सय ४० को मृत्यु भएको छ । एसिया ६३ लाख ९७ हजार ५ सय ७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने एक लाख ३१ हजार ८ सय १ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा १२ लाख २ सय ३३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २८ हजार ५५ जनाको मृत्यु भएको छ । ओसियानामा २७ हजार ५ सय ६७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५ सय ५२ जनाको मृत्यु भएको छ ।