आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

तारकेश्वर नगरपालिकाले संक्रमित नगरबासीलाई पाँच हजार भत्ता दिने

गोकर्णेश्वर खबर९ भाद्र २०७७, मंगलवार ०८:१० मा प्रकाशित (४ साल अघि) ३७१ पाठक संख्या

काठमाडौँ – तारकेश्वर नगरपालिकाले कोरोना भाइरसको संक्रमण भएर होम आइसोलेशनमा बसेका नगरबासीलाई प्रतिव्यक्ति पाँच हजार भत्ता दिने निर्णय गरेको छ ।

सोमबार बसेको नगर कार्यपालिकाको बैठकले संक्रमितहरुको आधारभूत आवश्यक्ता पूर्ति गर्न राहत स्वरुप पाँच हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको हो । यस्तै संक्रमित भएकाहरुको परिवारमा मास्क, स्यानीटाइजर लगायत सुरक्षाका सामग्री समेत प्रदान गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै आफै परीक्षण गराउन एकहजार थान किट किन्ने निर्णय पनि गरेको छ ।

कोरोना भाइरस संक्रमण बढेसँगै कन्ट्याक्ट ट्रेसिङ्ग गर्दा धेरैजना शंकास्पद बिरामी भेटिने भन्दै नगरले आफै किट व्यवस्थापन गर्ने निर्णय गरेको हो ।