आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

काठमाडौंमा २८० सहित १ हजार १४२ प्रहरी कोरोना संक्रमित

गोकर्णेश्वर खबर८ भाद्र २०७७, सोमबार १३:४३ मा प्रकाशित (४ साल अघि) ३५९ पाठक संख्या

प्रहरीमा कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै गएको पाइएको छ । पछिल्लो २ सातायता प्रहरीमा संक्रमितको संख्या बढ्दै जान थालेको हो ।

दुई डीआईजीसहित नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ४२ पुगेको छ । जसमध्ये ७ सय ४४  जना सक्रिय संक्रमित छन् । ३ सय ९८ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत २ सय १ र काठमाडौं उपत्यकाका ७९ जना सक्रिय संक्रमित छन् ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १ सय ५३, प्रदेश २ मा १ सय २६ , वाग्मती प्रदेशमा ५० , गण्डकीमा २८, प्रदेश ५ मा ७९ , कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा १२ जना सक्रिय संक्रमित छन् ।

देशका अन्य क्षेत्रमा भन्दा काठमाडौंमै कार्यरत प्रहरीमा संक्रमण बढी देखिएको छ ।