आज: १३ फाल्गुन २०८१, मंगलवार | Tue, 25, Feb, 2025

कोरोना संक्रमणबाट विराटनगरका ६५ वर्षीय पुरुषको मृत्यु

गोकर्णेश्वर खबर८ भाद्र २०७७, सोमबार ०८:४४ मा प्रकाशित (४ साल अघि) २८४ पाठक संख्या

विराटनगर : मोरङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । कोसी अस्पतालको कोरोना भाइरस संक्रमण उपचार केन्द्रमा गएराति विराटनगर ८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

आइतबार संक्रमण पुष्टि भएपछि साँझ मात्रै अस्पताल भर्ना गरिएका पुरुषको राति ११ बजे मृत्यु भएको हो । मृतकको परिवारमा थप तीन जना संक्रमित रहेकाले उनीहरुलाई पनि आइसोलेसनमा राखिएको छ ।

योसँगै विराटनगरमा मात्रै कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ । विराटनगरमा हालसम्म ८ सय १३ जनामा संक्रमण पुष्टि भएको छ । तिमध्ये १ सय ६७ जना निको भएर घर फर्केका छन् ।