काठमाडौं। कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका व्यक्तिहरूलाई हौसला दिन इटहरी उपमहानगरपालिकाले घर-घरमै पुगेर भेटघाट शुरू गरेको छ।
स्वास्थ्यकर्मीको टोलीसहित घरमै पुगेर उपप्रमुख लक्ष्मी गौतमले संक्रमितहरूको स्वास्थ्य अवस्थाको जानकारी लिएकी छन्। हिजो सो टोलीले ११ जनाको घरमा पुगेर फलफूल, औषधिसहित स्वास्थ्यलाभको कामना गरेका छन्।
वडा नम्वर ४, ५, ६, ९, १६ र १९ का गरी संक्रमित र निको भएका ११ जनालाई भेटेको उपप्रमुख गौतमले बताइन्। होम आइसोलेसनमा वस्दा स्वास्थ्यको मापदण्ड पूरा भए/नभएको अनुगमन समेत गरिएको इटहरी अस्पतालका इमर्जेन्सी इन्चार्ज रामप्रसाद धमलाले बताए।
समाजले हेय व्यवहार गरिरहँदा जनप्रतिनिधि आएर हौसला दिँदा आफूहरूको मनोबल बढेको संक्रमितहरूले बताएका छन्।
अहिले इटहरीमा २५ जना संक्रमित होम आइसोलेसनमा बसेका छन्।