आज: ६ बैशाख २०८२, शनिबार | Sat, 19, Apr, 2025

कस्तो रहला आज दिनभरको मौसम ?

गोकर्णेश्वर खबर८ भाद्र २०७७, सोमबार ०६:२९ मा प्रकाशित (४ साल अघि) २०१ पाठक संख्या

काठमाडौं, ८ भदौ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव हुनुको संगै बंगालको खाडी बाट भित्रिएको जलवाष्फ युक्त हावाको समेत सामान्य प्रभाव रहेको छ।

अहिले देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

दिउँसो : देशभर आंशिक देखि सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।