काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को प्रभाव नेपालमा निरन्तर बढिरहेको छ । शनिबारसम्मको तथ्याङ्कअनुसार नेपालमा ३१ हजार १ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । १ सय ४६ जनाले ज्यान गुमाइसकेका छन् ।
संक्रमितमध्ये १८ हजार ३ सय ५० जना संक्रमणमुक्त भइसकेका छन । भने १२ हजार ६ सय २१ जना सक्रिय संक्रमित रहेका छन । जसमध्ये १ सय ४७ जना गम्भीर अवस्थामा रहेका छन ।
देशभर १ सय ३५ जना आइसियुमा, १२ जना भेन्टिलेटरमा उपचाररत छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १ सय ३५ जनाको आइसियु र १२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिए ।
भेन्टिलेटरमा रहेका १२ जना सबै बागमती प्रदेशमा छन् । प्रदेश १ मा १५ जना, प्रदेश २ मा ४६ जना, बागमती प्रदेशमा ५२ जना, प्रदेश ५ मा १६ जना र कर्णाली प्रदेशमा ६ जनाको आइसियुमा उपचार भइरहेको छ ।
कोरोना संक्रमणबाट प्रदेश नम्बर दुई सबैभन्दा बढी प्रभावित बनेको छ । प्रदेश नम्बर दुईमा संक्रमितको संख्या ८ हजार ९ सय ६५ पुगेको छ ।
संक्रमितमध्ये प्रदेश नम्बर २ मा मात्रै ६२ जनाको मृत्यु भइसकेको छ भने ४ हजार ८ सय ४९ जना सक्रिय संक्रमित रहेका छन् । कुल संक्रमितमध्ये ४ हजार ५४ जना संक्रमणमुतm भएका छन ।
प्रदेश नम्बर २ मा कोरोना संक्रमणको जिल्लागत अवस्था
धनुषा
कुल संक्रमित : १,१८६
संक्रमणमुक्त : ७६९
मृत्यु : ११
सक्रिय संक्रमित : ४०६
पर्सा
कुल संक्रमित : १,९२८
संक्रमणमुक्त : ४६७
मृतक : २८
सक्रिय संक्रमित : १४३३
बारा
कुल संक्रमित : ६१०
संक्रमणमुक्त : २०४
मृत्यु : ८
सक्रिय संक्रमित : ३८८
महोत्तरी
कुल संक्रमित : १,११४
संक्रमणमुक्त : ४२३
मृत्यु : १
सक्रिय संक्रमित : ६९०
रौतहट
कुल संक्रमित : १,७३६
संक्रमणमुक्त : ७९९
मृत्यु : ३
सक्रिय संक्रमित : ९३४
सप्तरी
कुल संक्रमित : ६९४
संक्रमणमुक्त : ४७८
मृत्यु : ५
सक्रिय संक्रमित : २११
सर्लाही
कुल संक्रमित : १,२९३
संक्रमणमुक्त : ६९०
मृत्यु : ३
सक्रिय संक्रमित : ६००
सिरहा
कुल संक्रमित : ४०४
संक्रमणमुक्त : २१४
मृत्यु : ३
सक्रिय संक्रमित : १८७
पर्सा, रौतहट, महोत्तरी र सर्लाहीमा पछिल्लो समय संक्रमितको संख्या तीव्ररुपमा बढिरहेको छ । ६२ मृतकमध्ये २८ जना पर्साका मात्र रहेका छन ।