आज: २४ चैत्र २०८१, सोमबार | Mon, 07, Apr, 2025

गोकर्णेश्वरका संक्रमितको सम्पर्कमा रहेका ६० जनामा कोरोना परिक्षण गरिदै

गोकर्णेश्वर खबर७ भाद्र २०७७, आईतवार १७:५० मा प्रकाशित (४ साल अघि) १६४४ पाठक संख्या

काठमाडौं ,भाद्र ७, गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको  सम्पर्कमा आएका ब्यक्ती तथा परिवारहरुको  गोकर्ण प्राथमिक अस्पतालमा पिसिआर परिक्षणको लागि स्वाब संकलन गरिएको छ।

सो क्षेत्रमा रहेका संक्रमित  नजिक रहेका र सङ्गै बस्ने परिवार र आफन्त समेत गरि आज ६० जनाको स्वाब संकलन गरिएको हो । हाल सम्म ४८ जना कोरोना संक्रमित देखिएको गोकर्णेश्वर नगर पालिकामा ३६ जना कोरोना जितेर फर्किएका छन भने ११ जनाको संक्रमण एक्टिभ रहेको छ। त्यस्तै सो  नगरपालिकामा १ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

आज स्वाब झिकिएकाहरुलाइ रिपोर्ट नआए सम्मको लागि घर मै सुरक्षीत तवरले बस्न अनुरोध गर्दै  नगरपालिकाको स्वास्थ्य शाखाले  कोहि पनि गम्भीर अवस्थामा नरहेको जानकारी दिएको छ। फोटो :सरोज बस्नेत