आज: १३ फाल्गुन २०८१, मंगलवार | Tue, 25, Feb, 2025

केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

गोकर्णेश्वर खबर७ भाद्र २०७७, आईतवार ०७:३६ मा प्रकाशित (४ साल अघि) ७६७ पाठक संख्या

काठमाडौं । हाल भारतको मध्य प्रदेशमा उत्पन्न न्युन चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा रहेको छ।

हाल देशका अधिकांश स्थानहरुमा सामान्य बदलीको अवस्था रही प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका एक, दुई स्थानहरुमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

त्यसैगरी आज राती देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।