आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

नेकपा वरिष्ठ नेता नेपालका ९ अंगरक्षकलाई कोरोना पुष्टि

गोकर्णेश्वर खबर६ भाद्र २०७७, शनिबार १२:५७ मा प्रकाशित (४ साल अघि) २६९ पाठक संख्या

काठमाडौं – पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

तर नेता नेपालसहित उनको परिवारका सबै सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ।

नेता नेपालको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका ९ जनामा संक्रमण देखिएको हो। गत साउन २५ गतेको परीक्षणमा रिपोर्ट नेगेटिभ आएका उनीहरुको गएको बुधबार फेरि परीक्षण गरिएको थियो।

दोस्रोपटकको परीक्षणमा ९ जनाको रिपोर्ट पोजेटिभ आए पनि उनीहरु कसैमा पनि कोरोनाको कुनै लक्षण भने नदेखिएको बताइएको छ।

यसअघि पूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष प्रचण्डको सुरक्षार्थ खटिएका प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो।