आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

कांग्रेस नेता दावा लामाद्धारा काभ्रेका ८० विपन्न परिवारलाई राहत वितरण

गोकर्णेश्वर खबर४ भाद्र २०७७, बिहीबार १३:४७ मा प्रकाशित (४ साल अघि) ९५२ पाठक संख्या

काठमाडौं – नेपाल तरुणदल काभ्रे जिल्ला सभापति तथा युवा नेता दावा लामाले काभ्रेका दलित तथा विपन्न परिवारलाई राहत वितरण गरेका छन् । काभ्रे भुम्लु गाउँपालिका कोलातिमा ८० घर परिवारलाई चामल, नुन, तेल , साबुन , मास्क सेनेटाइजर सहित राहत बितरण गरेका हुन ।

युवा नेता लामाले आफ्नो व्यक्तिगत खर्चमा भुम्लु पुगी वडा अध्यक्ष भरत बहादुर शिभभक्तिमार्फत उक्त स्वास्थ सुरक्षा सामाग्रीसहितको राहत वितरण गरे।

त्यस्तै समाजसेवी लामाले सोही गाउँपालिकाका स्वास्थकर्मी र सुरक्षाकर्मिको लागि ८ सेट पिपिइ ३ हजार ५ सय पिस मास्क र १० वटै वडाको लागि १० वटा सेनेटाइज स्प्रे मेसिन सहित सेनेटाइज भुम्लु गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मदन कुमार बजगाइ र स्वास्थ शाखा प्रमुख सुदर्शन भट्टराईलाई हस्तान्तरण गरेका छन् ।

नेता लामाले भुम्लेली जनताको हर शुख दुःखमा आफ्नो सदा साथ र सहयोग रहिरहने बताए । उनले कोभिड १९ को विषम परिस्थितिमा कोहि पनि न आत्तिन र सामाजिक दुरि कायम गरि आफ्ना काम कर्तव्य पुरा गर्न समेत आग्रह गरे ।

युवा नेता लामाले आगामी दिनहरुमा पनि आफ्नो साथ सहयोग निरन्तर रहिरहने प्रतिबद्धता व्यक्त गरे।

समाजसेवी लामाले यस अघि पनि विभिन्न समयमा समग्र काभ्रेवासीलाई आइप।रेका समस्यामा सहयोग गर्दै आएका छन् ।

त्यस्तै कोलातीका वडाध्यक्ष भरत शिबभक्तिले नेता तथा समाजुेवी दावा लामा लगाएत नेपाली कांग्रेस भुम्लुलाइ धन्यवाद दिए ।


त्यस्तै पालिका प्रमुख प्रशासकीय अधिकृत मदन बजगाइले युवा नेता तथा समाजसेवीे दावा लामाले यस्तो विषम परिस्थितिमा समग्र काभ्रेसँग भुल्लुबासिलाई गरेको सहयोग प्रशंसनिय भएको भन्दै खुसी व्यक्त गरे । उनले नेता लामा र भुम्लु कांग्रेसले जनताको पक्षमा काम गरेको भन्दै धन्यवाद दिए ।

उक्त कार्यक्रममा नेपाल बिद्यार्थी संगठन काभ्रे उपसभापति सुजन भण्डारी , पार्टी क्षेत्रीय उप सभापति बेल लामा,भुम्लु काङ्ग्रेस पार्टी सभापति अञ्चल मोक्तान ,भुम्लु पार्टी प्रवक्ता बिष्णु उप्रेती, पूर्व जिल्ला सदस्य नवीन खरेल ,फलाटे इकाइ सभापति राम उप्रेती ,नबराज उप्रेति , कृष्ण मोक्तान, कमल लामा लगाएत युवा नेताहरुको सहभागिता रहको थियो ।