काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्नेविरुद्ध प्रहरीले कारबाही तिब्र पारेको छ । बिहान १० बजेसम्म विभिन्न ठाउँबाट ५ सय १० जनालाई नियन्त्रणमा लिइएको छ ।
प्रहरीले काठमाडौंबाट २ सय ७५ जना, ललितपुरबाट १ सय ५० जना र भक्तपुरबाट ८५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै सवारी साधन पनि नियन्त्रणमा लिइएको छ । १ सय ८६ दुई पाङग्रे र ५६ वटा चार पाङग्रे गरी दुई सय ५६ वटा सवारी साधन नियन्त्रणमा लिएको महानगरी प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।