आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरुले भने कुलमान घिसिङलाई निरन्तरता देउ

गोकर्णेश्वर खबर२ भाद्र २०७७, मंगलवार २०:२२ मा प्रकाशित (४ साल अघि) ४०१ पाठक संख्या

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरुले कार्यकारी निर्देशक कुलमान घिसिङलाई अर्को कार्यकालका लागि पनि निरन्तरता दिन माग गरेका छन । नेपाल विद्युत् प्रधिकरणको ३५ औं वार्षिकोत्सव कार्यक्रममा घिसिङलाई नै निरन्तरता दिन माग भएको हो ।

ट्रेड युनियनका अध्यक्ष रामेश्वर पौडेलले कार्यकारी निर्देशकमा कुलमानलाई नै निरन्तरता दिन माग गरेका हुन् । ४ वर्षको घिसिङको नेतृत्वमा प्राधिकरणले ठूलो प्रगति हासिल गरेको भन्दै प्राधिकरणलाई अझै घिसिङको आवश्यकता रहेको अध्यक्ष पौडेलको भनाइ थियो ।

‘१४ घण्टासम्म लोडसेडिङ गर्नुपर्दा ४ वर्ष अघि प्राधिकरणको ड्रेस लगाएर हिँड्न नसक्ने अवस्था थियो । यो अवस्थालाई सुधार गरेर प्राधिकरणको कर्मचारी हुँ भनेर छाती फूलाएर हिँड्नसक्ने अबस्था अहिले बनेको छ । यो उहाँकै नेतृत्वमा सम्भव भएको हो ।सरकारले यसको मूल्यांकन अवश्य नै गर्नेछ,’ अध्यक्ष पौडेलले भने, ‘अर्को वर्ष ३६ औं वार्षिकोत्सव समेत अहिलेकै टीमसँग मनाउन पाइन्छ भन्ने हामीलाई विश्वास छ ।’

कुलमानको ४ वर्षे कार्यकाल यही २९ गते सकिँदैछ ।