आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

खोलाले बगाएर एकै परिवारका ४ जनाको मृत्यु

गोकर्णेश्वर खबर३२ श्रावण २०७७, आईतवार १८:४५ मा प्रकाशित (४ साल अघि) २९९ पाठक संख्या

काठमाडौं – अछाममा खोलाले बगाएर चारजनाको मृत्यु भएको छ । अछाम र कालीकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा एकै घरका चारजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा पन्चदेवल विनायक नगरपालिका ९ तानकोटका ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया बिपना बोहरा, एक वर्षीया आकृति बोहरा र छोरा ७ वर्षीय हेमन्त बोहरा रहेका छन् ।

उनीहरुको खोला तर्ने क्रममा शनिबार साँझ बगेर मृत्यु भएको प्रहरीको भनाइ छ ।