आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

गृह मन्त्रालयद्वारा सवारी पास वितरण बन्द गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

गोकर्णेश्वर खबर२८ श्रावण २०७७, बुधबार २०:५२ मा प्रकाशित (४ साल अघि) ४४९ पाठक संख्या

काठमाडौं । गृह मन्त्रालयले सवारी पास वितरण बन्द गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सवारी पास जारी नगर्न गृह मन्त्रालयले निर्देशन दिएको हो ।

कोरोना भाइरसको उच्च जोखिम भएकाले जिल्ला प्रशासन कार्यालयमार्फत जारी हुँदै आएको सवारी पास भोलिदेखि नै जारी नगर्न गृहले परिपत्र गरेको छ ।