आज: ७ मंसिर २०८१, शुक्रबार | Fri, 22, Nov, 2024

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १३८ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर२८ श्रावण २०७७, बुधबार १७:०१ मा प्रकाशित (४ साल अघि) २९५ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनो संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरमा १ सय ३८ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा १ सय ९ जना, भक्तपुरमा ८ जना र ललितपुरमा २१ जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।

प्रवक्ता गौतमले पछिल्लो २४ घन्टामा थपिएका ४ सय ८४ सहित देशभर संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १६ हजार ७ सय २८ जना उपचारपछि घर फर्किएका छन् भने ९१ जनाले ज्यान गुमाएका छन् ।