आज: ७ मंसिर २०८१, शुक्रबार | Fri, 22, Nov, 2024

काठमाडौं उपत्यकामा एकैदिन १३४ जना कोरोना संक्रमित थपिए

गोकर्णेश्वर खबर२७ श्रावण २०७७, मंगलवार १६:५० मा प्रकाशित (४ साल अघि) ८९१ पाठक संख्या

काठमाडौं ।  काठमाडौं उपत्यकामा मंगलबार १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११० जना, ललितपुरमा १६ जना र भक्तपुरमा ८ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा १ सय १०, भक्तपुरमा ८ जना र ललितपुरमा १४ जनामा कोरोना भाइरसको संक्रमण भएको बताए ।

गौतमले विभिन्न जिल्लामा थपिएका ६ सय ३८ जनासहित देशभर संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १६ हजार ६ सय ६४ जना उपचारपछि घर फर्किएका छन् भने ८३ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।