आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

भदौ १५ गतेसम्म लामो दूरीको यातायात र हवाइ सेवा बन्द गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

गोकर्णेश्वर खबर२६ श्रावण २०७७, सोमबार २१:४९ मा प्रकाशित (४ साल अघि) २२९ पाठक संख्या

काठमाडौं – सरकारले भदौ १५ गतेसम्म हवाइ र लामो दूरीको यातायात बन्द गर्ने निर्णय गरेको छ।

सोमबार बेलुका बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १५ गतेपछि मात्र आन्तरिक तथा बाह्या हवाइ सेवा खोल्ने र लामो दूरीको यातायात चलाउन दिने निर्णय गरेको हो।

यसअघि सरकारले भदौ १ गतेदेखि एक जिल्लाबाट अर्को जिल्लामा जाने लामो दूरीका यातायात खुला गर्ने निर्णय गरेको थियो। हाल जोर विजोर प्रणालीअनुसार सार्वजनिक र नीति सवारी साधन चल्दै आएका छन्।

पछिल्लो समय देशैभर कोरोनाको महाबारी बढेपछि सरकारले सवारी साधन तत्काल खुला नगर्ने निर्णयमा पुगेको एक मन्त्रीले जानकारी दिए।

मन्त्रिपरिषद्ले भारतबाट प्रवेश गर्ने नाका २० बाट घटाएर १० झार्ने निर्णय पनि लिएको छ।

विद्यालय सञ्चालनबारे भने कुनै निर्णय नभएको ती मन्त्रीले जानकारी दिए। यसअघि सरकारले भदौ १ गतेदेखि भर्ना सुरु गर्ने निर्णय गरेको थियो।