आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

विप्लवका सेती महाकाली व्युरो इन्चार्ज ओमप्रकाश पुन कारागार चलान

गोकर्णेश्वर खबर२६ श्रावण २०७७, सोमबार १९:१० मा प्रकाशित (४ साल अघि) २६० पाठक संख्या

कैलाली – नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सेती महाकाली व्युरो इन्चार्ज ओमप्रकाश पुन कारागार चलान भएका छन् ।

जिल्ला अदालत कैलालीले सोमबार उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । न्यायाधीश जयानन्द पनेरुको एकल इजलासको उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको तर उनले धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको जिल्ला अदालत कैलालीका श्रेस्तेदार राइभान कुन्जेडाले जानकारी दिए ।

धनगढी उपमहानगरपालिका वडानम्बर ७ बेलीबाट उनलाई प्रहरीले कटुवा पेस्तोल र गोलीसहित असार ३१ गते पक्राउ गरेको थियो ।

प्रहरीले पुनमाथि हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा चलाएको थियो ।