आज: ६ मंसिर २०८१, बिहीबार | Thu, 21, Nov, 2024

किस्ट अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

गोकर्णेश्वर खबर२६ श्रावण २०७७, सोमबार १९:०२ मा प्रकाशित (४ साल अघि) ३९७ पाठक संख्या

काठमाडौं – ललितपुरको किस्ट अस्पतालमा उपचाररत ५० वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ ।

काभ्रे पाँचखालका एक पुरुष निमोनियाको उपचार गराउन आइतबार दिउँसो १ बजे अस्पताल पुगेका थिए । अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकका अनुसार निमोनियाको उपचार गराउन आउँदा शंका लागेर उनको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको थियो ।

आईसीयूमा उपचाररत हुँदा सोमबार उनको मृत्यु भएको पाठकले जानकारी दिए ।