काठमाडौं, साउन २६ । सरकारले कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिएको भन्दै वृद्धवृद्धा तथा केटाकेटीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सचेत गराएको छ ।
सिसिएमीले कोरोनासँग लड्न जीवनशैली बदल्न, केटाकेटी तथा वृद्धवृद्धालाई बाहिर ननिस्कन र अत्यावश्यक कामका लागि बाहिर निस्कने जो कोहीलाई स्वास्थ्य सावधानी अपनाउन, मास्क अनिवार्य लगाउन तथा भीडभाड नगर्न र दुरी कायम गर्न अनुरोध गरेको छ ।
सिसिएमसी बैठकले पछिल्लो समय कोरोना संक्रमणको संख्या बढेको भन्दै रोकथामका थप सावधानी अपनाउनुपर्ने अवस्था आएको निष्कर्ष निकालेको आजको राजधानी दैनिकमा खवर छ ।