आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

प्रहरी चौकीमा कार बम बिस्फाेट, सात जनाको मृत्यु

गोकर्णेश्वर खबर२५ श्रावण २०७७, आईतवार १६:५८ मा प्रकाशित (४ साल अघि) ६६७ पाठक संख्या

फाइल तस्बिर 

अफगानिस्तान । घाज्नी प्रान्तमा शनिबार राति प्रहरी चौकीलाई लक्षित गरी भएको कार बम बिस्फोटमा सात जनाको मृत्यु भएको छ । घान्जी शहरको बाहिरी इलाकामा रहेको कोटाला रावा प्रहरी चौकीमा भएको विस्फोटमा १६ जना घाइते भएको विदेशी सञ्चार माध्यमहरुले बताएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता तारेक एरियनका अनुसार सशस्त्र विद्रोहीहरुले बिस्फोटक पदार्थले भरिएको कार शिस्फोटन गराएको थिए । आक्रमणकारीहरु प्रहरी चौकीभित्र प्रवेश गर्न खोजेपनि प्रहरीको प्रतिकारका कारण उनीहरु पछि हट्न बाध्य भएका थिए ।

घानी सरकारले अफगानिस्तानमा युद्धरत तालिबानका पाँच हजार एक सय लडाकूलाई जेलमुक्त गरिसकेको छ । तर तालिबानले जेलमा अझै बन्दी अवस्थामा रहेका ४०० लडाकूलाई तत्काल रिहाई गर्नुपर्ने माग गर्दै आएको छ । सरकारको भनाईमा यी लडाकू ट्रक बम आक्रमण, अपहरण र नागरिक हत्याका आरोपी हुन् ।

सरकार र विद्रोही तालिबानबीच लडाकूको रिहाईसँगै अन्तर–अफगान संवाद हुने र वर्षौंदेखिको गृहयुद्ध समाप्त हुने अपेक्षा गरिएको समाचारमा बताइएको छ ।