आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

पार्टी एकताको पक्षमा नेतृत्वलाई दबाब दिने यी हुन् नेकपाका ६१ सांसद ! (नामावलीसहित)

गोकर्णेश्वर खबर२५ श्रावण २०७७, आईतवार १६:२३ मा प्रकाशित (४ साल अघि) २४० पाठक संख्या

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देखिएको विवाद समाधानका लागि पार्टीका ६१ संघीय सांसदले नेतृत्वलाई दबाब दिएका छन् । सिंहदरबारमा आज पत्रकार सम्मेलन गरेर ती सांसदले पार्टी विभाजनबाट रोक्न र अहिले देखिएको विवाद समाधान गर्न नेतृत्वलाई दबाब दिएका हुन् ।

पत्रकार सम्मेलनमा नेकपाका तीनवटै गुटमा आवद्ध सांसदको सहभागिता थियो । सामूहिक भेला तथा पत्रकार सम्मेलनमा बोल्ने सांसदले पार्टी एकताको पक्ष र विभाजनविरुद्ध आफूहरुले कठोर कदम उठाउन बाध्य हुने बताए ।

सांसद रामकुमारी झाँक्रीले विगतमा विभाजनले नमिठो अनुभव दिएको र अहिले विभाजन गर्नेहरुले सानो पार्टी चलाए पनि त्यसले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसक्ने बताइन् ।

हेर्नुस् हस्ताक्षर गर्ने सांसद