आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १,०४३ : कुन कुन क्षेत्र गरियो ‘सिल’ ?

गोकर्णेश्वर खबर२५ श्रावण २०७७, आईतवार १५:४३ मा प्रकाशित (४ साल अघि) ७०१ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । अहिलेसम्म कोरोना संक्रमितको संख्या १ हजार ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

मन्त्रालयका अनुसार काठमाडौंमा ८ सय २१, भक्तपुरमा ८५ र ललितपुरमा १ सय ४८ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये धेरै उपचारपछि फर्किएका छन् ।

लकडाउन हटेसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको पाइएको छ । संक्रमण रोक्नका लागि काठमाडौंका व्यापारीक केन्द्र न्युरोड, असन, इन्द्रचोक, कोटाल टोल, हाँडीगाउँ, गहना पोखरी क्षेत्र सिल गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।