आज: ७ मंसिर २०८१, शुक्रबार | Fri, 22, Nov, 2024

नेपाल बौद्ध धर्म परिचय समाजद्वारा आर्थिक तथा खाद्यान्न सहयोग

गोकर्णेश्वर खबर२३ श्रावण २०७७, शुक्रबार २१:१३ मा प्रकाशित (४ साल अघि) ९५६ पाठक संख्या

काठमाडौं / नेपाल बौद्ध धर्म परिचय समाजको  सहयोग र समाजसेवी याङ योञ्जानको पहलमा मुटु रोगी , आशक्ता,  अत्ति विपन्ना परिवारलाई  आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ ।

हाल विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (COVID-19) को प्रत्यक्ष मारमा परेका गोकर्णेश्वर नगरपालिका ८ स्थित बेशीगाउमा ९ जना आशक्ता तथा अत्ति विपन्ना महानुभावहरुलाई  आज आर्थिक तथा खाद्यान्न वितरण गरेको थियो ।

उक्ता कार्यक्रममा नेपाल बौद्ध धर्म परिचय समाजका महासचिव  आचार्य थुप्तेन तामाङ, कोषाध्यक्ष आचार्य बुद्ध लामा, समाजसेवी याङ योञ्जान  लगायतको उपस्थिति रहेको थियो ।

सस्थाले लक डाउन अवधिभर विभिन्न ठाउमा राहत वितरण गरेको थियो ।