आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

सरकारबाट कुनै निर्णय नभएसम्म कक्षा ११ को परीक्षा नगराउन बोर्डको निर्देशन

गोकर्णेश्वर खबर२३ श्रावण २०७७, शुक्रबार १९:२४ मा प्रकाशित (४ साल अघि) २३७ पाठक संख्या

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले विद्यालय पुनः सञ्चालनमा नआएसम्म कक्षा ११ को परीक्षा नगराउन निर्देशन दिएको छ।

शुक्रबार बोर्डले सूचना जारी गर्दै नेपाल सरकारबाट विद्यालय सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सञ्चालन नगर्न निर्देशन दिएको हो।

कोभिड १९ को संक्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा समेत केही विद्यालयहरूले कक्षा ११ को परीक्षासम्बन्धी कार्यक्रम सार्वजनिक गरेको पाइएको हुँदा सोबाट विद्यार्थी तथा अभिभावकहरूमा त्रासको वातावरण सृजना हुन गएकोले नेपाल सरकारबाट विद्यालय पुनः सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सञ्चालनसम्बन्धी कार्यहरू नगर्नू,नगराउनू हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ,ुसूचनामा उल्लेख छ।

परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्याविधि, २०७७ अनुसार कक्षा १२ को परीक्षा सञ्चालन गर्नुपूर्व र परीक्षा आवेदन फाराम भर्नु अगाडि विद्यालयले आफ्नो अनुकुल समयमा कक्षा ११को परीक्षा सञ्चालन गर्नु पर्नेछ।

परीक्षा सञ्चालन गर्दा सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।