आज: ७ मंसिर २०८१, शुक्रबार | Fri, 22, Nov, 2024

काठमाडौंमा कोरोनाबाट २ जनाको मृत्यु

गोकर्णेश्वर खबर२३ श्रावण २०७७, शुक्रबार १७:२२ मा प्रकाशित (४ साल अघि) ४९२ पाठक संख्या

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट काठमाडौं उपत्यकाको अस्पतालमा २ जनाको मृत्यु भएको छ । पाटन अस्पतालको आइसीयूमा उपचाररत ४५ वर्षीय पुरुष र ४१ वर्षीय महिलाको शुक्रबार मृत्यु भएको हो ।

सर्लाहीका ४५ वर्षीय पुरुषलाई कुकुरले टोकेको थियो र, १९ गते अस्पताल भर्ना भएका थिए । आइसीयूमा भर्ना भएका उनको इन्सेफ्लाटिसको समेत उपचार भइरहेको थियो । उनको शुक्रबार बिहान मृत्यु भएको हो ।

यस्तै रुपन्देही, सुनौलीकी ४१ वर्षीया महिलालाई पनि १९ गते नै अस्पताल भर्ना भएकी थिइन् । पाठेघरको क्यान्सर र निमोनियाको बिरामी उनको उपचारका क्रममा बिहान मृत्यु भएको हो ।  उनीहरुको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिनुभएको छ । ।