काठमाडौं- सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका- ६ थाङ्पाल धाप लेखर्ककी एक गर्भवतीको आज हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
बिहान ८ बजे स्थानीय स्वास्थ्य चौकीमा भर्ना गरिएकी ३४ वर्षीया पासाङ लामालाई सुत्केरी गराउन नसकेपछि गाउँपालिकाको पहलमा नेपाली सेनाको हेलिकोप्टरद्वारा उद्धार गरिएको गाउँपालिका अध्यक्ष टासी लामाले बताए ।
शिशुको टाउको ठूलो रहेको र मुटुको धड्कन सामान्य नरहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख आत्माराम धितालले जानकारी दिए ।
अविरल वर्षाले सडकमा पनि क्षति पुर्याएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको बताइएको छ ।