आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

नेपालमा कोरोनाबाट थप ५ जनाको मृत्यु, मृतककाे संख्या ६५ पुग्याे

गोकर्णेश्वर खबर२२ श्रावण २०७७, बिहीबार १६:५८ मा प्रकाशित (४ साल अघि) ३१४ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मोरङ, सर्लाही, धनुषा र सप्तरीका ५ जनाको पछिल्लो २४ घन्टामा मृत्यु भएको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मोरङको रंगेलीका ४५ वर्षीय पुरुष, मोरङ विराटनगरका ४५ वर्षीय पुरुष, सर्लाही मलंगवाकी ६५ वर्षीया महिला, धनुषा मिथिलाकी ७२ वर्षीया महिला र सप्तरीको रुपनीका ४२ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए ।

नेपालमा संक्रमितको संख्या पनि बढ्न थालेको छ । प्रवक्ता गौतमले विभिन्न जिल्लामा थपिएका ३ सय ६० जनासहित देशभर संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १५ हजार ३ सय ८९ जना उपचारपछि घर फर्किएका छन् भने ६५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।