काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य कमान सिं लामाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी सदस्यताबाटै निकाल्नुपर्ने बताएका छन् । पूर्व राजदूत समेत रहेका लामाले आज (बुधबार) सामाजिक सञ्जाल फेसबुकमा उक्त धारणा राखेका हुन् ।
लामाले पार्टी भित्रको समस्याको निकासको लागि सदस्यताबाट निकल्नुको विकल्प नरहेको लेखेका छन् । माओवादी केन्द्रमा रहँदा पार्टी केन्द्रिय सचिवालयमा रहेका लामाले प्रधानमन्त्री ओली नयाँ एमाले पार्टीको सदस्य भइसकेको दावी समेत गरेका छन् ।
उनले ओलीले बैठकमा आउँदिन भन्नु हदै भएको बताएका छन् । काभ्रेका पार्टी नेता समेत रहेका लामाको अभिव्यक्तिलाई लिएर विभिन्न टिकाटिप्पणी समेत हुन थालेको छ । तेमाल अनलाईनबाट
उनले यस्तो लेखेका छन्ः