आज: २५ चैत्र २०८१, मंगलवार | Tue, 08, Apr, 2025

चार नेपाली महिलालाई दिल्लीमा बन्धक बनाउने सिन्धुपाल्चोकका लामा पक्राउ

गोकर्णेश्वर खबर२२ श्रावण २०७७, बिहीबार ०७:२३ मा प्रकाशित (४ साल अघि) २०७३ पाठक संख्या

काठमाडौं,  साउन २२मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रही फरार अभियुक्त सिन्धुपाल्चोक चौतारा नगरपालिका-१ घर भई काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-३ बस्नेत गाउँ बस्ने ४६ वर्षीय याङलाल लामा भन्ने ह्यांग लाल तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उदयपुर, झापा, सिन्धुपाल्चोक र काठमाडौं जिल्लाका ४ जना महिलाहरुलाई तामाङ समेतले विभिन्न मितिमा कुवेतमा राम्रो तलब हुने घरायसी काममा लगाईदिने भन्दै प्रलोभनमा पारी २०७३ चैत्रमा वीरगञ्ज नाका हुँदै भारतको नयाँ दिल्ली स्थित उत्तमपुरमा बन्धक बनाई राखेको अवस्थामा भारतस्थित नेपाली दुतावास समेतको सहयोगमा उद्धार गरेर २०७४ जेठमा काठमाडौं ल्याई मनोपरामर्श पश्चात् आफन्तको जिम्मा लगाइएको थियो ।


उक्त घटनाको अनुसन्धान तथा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।

मानव बेचबिखन ब्युरोले लामालाई मावन बेचबिखन ऐनअन्तर्गत कारबाही अगाडि बढाएको छ ।