काठमाडौं – नेपालमा बुधबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्साकी १८ वर्षीया महिलाको कोरोनाले निधन भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पर्सा विरगन्जकै वर्ष ४६ का एक पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै निधन हुनेको संख्या ६० पुगेको छ ।