आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

बैंक कर्मचारीमा कोरोना पुष्टि

गोकर्णेश्वर खबर२० श्रावण २०७७, मंगलवार १९:०३ मा प्रकाशित (४ साल अघि) २८२ पाठक संख्या

बुटवल – रुपन्देहीको देवदहमा एक बैंककी महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पीसीआर परीक्षणमा गरिमा विकास बैंकको देवदह खैरेनी शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।

बैंककी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उक्त बैँकको शाखा कार्यालय बन्द गरी कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिएको देवदह नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले जानकारी दिए ।

कोरोना संक्रमित कर्मचारी पाँच दिनदेखि रुघा र ज्वरो आएपछि बिदामा रहेकी थिइन् । उनी आफैँ सोमबार लुम्बिनी प्रादेशिक अस्पतालमा गएर कोरोना परीक्षण गरेको उक्त बैंककी देवदह शाखा प्रमुख कविता शर्माले बताइन् ।